मौसम बिग्रिएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित

मौसम बिग्रिएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित

काठमाडौँ ।

मंगलबार बिहानै एकाएक मौसम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेका छन् ।

पानीसँगै हावाहुरी चलेपछि जहाज उडान तथा अवतरणमा समस्या आएको हो । विमानस्थलको भिजिबिलिटी राम्रो रहेपनि तीव्र गतिमा हावाहुरी चलेसँगै जहाज उडान तथा अवतरणमा समस्या आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएकाे छ ।

खराब मौसमकै कारण चीनको टाइनफुबाट काठमाडौँ आएको सिचुवान एयरको ३ यू ३९०१ जहाज ल्हासा डाइर्भट भएको छ । स्थानीय समय अनुसार बिहानको १०ः४० बजेट टीआईएमा अवतरण गर्ने समय रहेपछि तीव्र हावाहुरीका कारण जहाज ल्यान्ड (अवतरण) गर्न नसकेर लासा डाइर्भट गरिएको हाे ।

अन्य उडानहरू केही समय होल्ड भएका छन् भने आन्तरिकतर्फको उडान पनि केही प्रभावित हुन पुगेको छ ।