मेसिनले रोप्नका लागि प्लाष्टिकको ट्रेमा तयार गरेको धानको बिउ

मेसिनले रोप्नका लागि प्लाष्टिकको ट्रेमा तयार गरेको धानको बिउ

शुक्लाफाँटा नगरपालिका १० झलारीका किसानले मेसिनको सहायताले रोप्नका लागि प्लाष्टिकको ट्रेमा तयार गरेको धानको बिउ । प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको अनुदानमा किसानले २५ विघा जग्गामा आधुनिक तरिकाले खेती गर्न बिउ तयार गरेका छन ।

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-१५ कुडारमा काट्न तयार भएको हिउँदे धान खेती । यस क्षेत्रका किसानले हिउँदे धान थन्क्याएपछि असारमा धान रोपाई गर्ने गर्दछन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका–८ छरीमा परम्परागत रुपमा बाख्रापालन गर्दै आएका स्थानीय भक्तिप्रसाद छन्त्याल बाख्रालाई चरन क्षेत्रमा लैजाँदै । उनको गोठमा एक सय बढी बाख्राका माउ र पाठापाठी छन् ।

भोजपुर नगरपालिका–५ बोखिमका किसानले मल्चिङ प्रविधिबाट गरिरहेको अकबरे (डल्ले) खुर्सानी खेती । यहाँका किसानले व्यवसायिक अकबरे खुर्सानीको खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।