जिन्दगी चल्न त चल्या छ पिरै पीरमा छ : सांसद पन्त

जिन्दगी चल्न त चल्या छ पिरै पीरमा छ : सांसद पन्त

काठमाडौं ।

नेकपा एमालेका सांसद रघुजी पन्तले आगामी आर्थिक बजेको बजेटमा केही अन्तरविरोध रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्री पुनले यथार्थ बजेट ल्याउन खोजेको तर, हुनुपर्ने जति यथार्थवादी हुन नसकेको बताए ।

कृषिमा लगानी दशकको घोषणा, महिलामा लगानी दशकको घोषणा भएको तर, त्यस अनुसार बजेट विनियोजन नभएको भन्दै उनले यसले बजेटलाई अन्तरविरोधी देखाएको बताए ।

‘बजेट आफैँभित्र केही अन्तरविरोधी छ । कृषि लगानी दशकको घोषणा गरेको छ । तर, कृषि मन्त्रालयको बजेट नै घटेको छ’ उनले भने । बजेटमाथि बोल्ने क्रममा उनले एउटा गीत सम्झिए, ‘फुल फुल्न त फुल्या छ, भिरैभिरमा छ । जिन्दगी चल्न त चल्या छ पिरै पीरमा छ ।’