१३ अंकले बढ्याे सेयर बजार

१३ अंकले बढ्याे सेयर बजार

काठमाडौँ।

साताको पहिलो कारोबार दिन सेयर बजारमा १३. ५१ अंकले बढेर २०८३ को विन्दुमा कायम हुन पुगेको छ । उक्त दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ ।

आज कम्पनीको २२ करोड ६४ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको पोखरा फाइनान्सको १८ करोड ७० लाख २४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको १४ करोड ७ लाख १७ हजार रुपैयाँ, अपर लोहरेखोला हाइड्रोपावरको १२ करोड ४४ लाख ६४ हजार रुपैयाँ र एनआरएन एन्फ्रास्ट्रक्चरको १० करोड ७१ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो ।

नेप्सेमा कारोबार भएको आज ३२५ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड १० लाख १५ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा १० वटा उपसूचकमा हरियाली छाएको छ ।

उक्त दिन मल्टिप्रपोज फाइनान्स, मकर जितुमाया सुरी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, कालिञ्चोक दर्शनको ८.८५ प्रतिशत, अपर सोलु हाइड्रोको ८.४८ प्रतिशत, माइखोला हाइड्रोपावरको ८.०२ प्रतिशतले मूल्य बढेको छ ।