घट्यो सुनकाे भाउ, कतिमा हुँदै छ काराेबार ?

घट्यो सुनकाे भाउ, कतिमा हुँदै छ काराेबार ?

काठमाडौं ।

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ४२ हजार कायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ३०० पुगेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा २५ रुपैयाँले घटेर चाँदी १८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।