भारतमा खाना पकाउने ग्याँस विस्फोट हुँदा बझाङका २ जनाको मृत्यु, ३ जना घाइते

भारतमा खाना पकाउने ग्याँस विस्फोट हुँदा बझाङका २ जनाको मृत्यु, ३ जना घाइते

बझाङ ।

भारतको बेंग्लुरुमा खाना पकाउने ग्याँस विस्फोट हुँदा बझाङका एकै परिवारका दुई जनाको ज्यान गएको छ । बेंग्लुरुको एलहंकामा भएको उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो ।

घटनामा परी तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका वडा नम्बर–१, का मदन बोहराका ८ वर्षीय छोरी अनिता र साढे ४ वर्षका छोरा प्रशान्त रहेका छन् । कोठामा खाना पकाइरहेका बेला ग्याँस विस्फोट भएपछि मदन, उनी श्रीमती प्रेमजला, दुई छोरी र एक छोरा जलेर घाइते भएका थिए ।

गत बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा एक्कासि ग्याँस विस्फोट भएको थियो । घटनालगत्तै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो ।

मदनकी श्रीमती प्रेमजला ७२ प्रतिशत र छोरी निरुताको ४७ प्रतिशत शरीर जलेको चिकित्सकले बताएको उनले जानकारी दिइन् । झ्याल नभएको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागी भएको घाइतेहरूले सुनाएको पौडेलले बताइन् ।

न्यून आर्थिक अवस्थाका ३२ वर्षीय मदन गाउामा जीविका चलाउन गाह्रो भएपछि विगत ६ वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका थिए ।

मदन बेंग्लुरुको एउटा अपार्टमेन्टमा चौकीदारको काम गरिरहेका थिए भने उनकी श्रीमतीले स्थानीयको घरमा सरसफाइको काम गर्दै दुई जना छोरीहरूलाई त्यहीँको स्थानीय विद्यालयमा पढाइरहेका थिए ।