६० किलो सुन तस्करी प्रकरण : थर्कमान लामा पक्राउ

६० किलो सुन तस्करी प्रकरण : थर्कमान लामा पक्राउ

काठमाडौं ।

६० किलो सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा (कान्छामान) पक्राउ परेका छन् ।

तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट पक्राउ गरेको हो ।

उनी नेपाली कांग्रेसमा आबद्ध छन् ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । लामाको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ ।

राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो ।