सन्दीप लामिछानेले फेरि पाएनन् भिसा

सन्दीप लामिछानेले फेरि पाएनन् भिसा

काठमाडौं ।

अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेले भिसा तेस्रो पटक अस्वीकार भएको छ ।

अमेरिका र वेष्ट इण्डिजमा हुने टी २० विश्वकपमा सहभागी हुन क्रिकेटर लामिछानेले नेपालस्थित अमेरिकी दूतावास अन्तर्वार्ता दिएका थिए ।

परराष्ट्र मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाउँदै लामिछानेलाई भिसा दिन आग्रह गरेको थियो । यसअघि उनले दुई पटक अन्तर्वार्ता दिँदा दूतावासले अस्वीकार गरेको थियो ।

आजै बिहीबार बिहान खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले त्रिवि मैदानमा लामिछानेसँग भेटेर आश्वास दिएका थिए ।