मन्त्रालयले कृषि बीमाको ९७ करोड रकम तत्काल भुक्तानी गर्ने

मन्त्रालयले कृषि बीमाको ९७ करोड रकम तत्काल भुक्तानी गर्ने

काठमाडौँ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि बीमाको ९७ करोड रकम तत्काल भुक्तानी गर्ने भएको छ । २०८० चैत्र १ गतेदेखि स्थगन भएको बीमाको रकम तत्काल भुक्तानी गर्न पहल गरेको हो ।

कृषि तथा पशुपन्छी बीमा अन्तर्गतको बीमालेख बापत प्राप्त गर्नुपर्ने वाली तथा पशुधन बीमा प्रिमियम रकम मध्य हाललाई करिब ९७ करोड रुपैयाँ तत्काल भुक्तानी गर्ने मन्त्रालयले जनाएको छ ।

बीमकहरुले कृषि तथा पशुपन्छी बीमा निरन्तर सुचारु गर्ने गरी सहमति भएको समेत मन्त्रालयले उल्लेख गरेको छ । बाँकी रकम भुक्तानीका लागि चालु आर्थिक वर्षभित्र गर्नेगरी मन्त्रालयले पहल गर्ने जनाएको छ ।