एकैदिन २३०० रुपैयाँले बढ्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

एकैदिन २३०० रुपैयाँले बढ्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २३०० रुपैयाँ बढेको छ ।

छापावाल सुन तोलामा १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै १० ग्राम सुनको मूल्य बिहीबार १ लाख २० हजार ४५५ रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य भने घटेको छ ।

बुधबार तोलामा १९३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।