भन्सार दर बढाएसँगै सुन तोलामै ६ हजार महँगो

भन्सार दर बढाएसँगै सुन तोलामै ६ हजार महँगो

काठमाडौं ।

बजेटले सुनमा भन्सार दर बढाएसँगै तोलामै थप ६ हजार महँगो पर्ने भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारदेखि नयाँ भन्सार दरअनुसार मूल्य समायोजन गर्ने भएको छ ।

सुनमा भन्सार दर १५ प्रतिशत रहँदै आएकोमा बजेटले बढाएर २० प्रतिशत कायम गरेको छ ।

नयाँ भन्सार दर लागू भएपछि सुनका प्रतितोला भन्सार दर मात्रै २६ हजार रुपैयाँ हुने छ ।