पाकिस्तानमा गर्मी बढेर ५२ डिग्री नाघ्याे

पाकिस्तानमा गर्मी बढेर ५२ डिग्री नाघ्याे

इस्लामावाद ।

पाकिस्तानमा गर्मी बढेर ५२ डिग्री सेल्सियसमाथि पुगेको छ । दक्षिणी प्रान्त सिन्धमा सोमबार तापक्रम ५२ डिग्रीभन्दा माथि उक्लिएको थियो ।

सोमबार सिन्धमा तापमान ५२ दशमलव २ डिग्री सेल्सियस (१२६ डिग्री फरेन्हाइट) रेकर्ड भएको मौसम विभागका एक वरिष्ठ अधिकारीले बताएका थिए ।

जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिबिच पछिल्लो समय एसियाभर नै गर्मी खपी नसक्नु भएको छ । यसअघि सन् २०१७ मा पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बलोचिस्तानको तर्बत सहरमा तापमान ५४ डिग्री सेल्सियस (१२९ दशमलव २ डिग्री फरेनहाइट)को कीर्तिमानी स्तरमा उक्लिएको थियो ।

यो एसियामा रेकर्ड भएको अहिलेसम्मकै दोस्रो उच्च तापक्रम थियो भने विश्वको चौथो उच्च तापक्रम थियो ।