६ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

६ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ ।

बुधबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो ।

हिजो तोलामा १ लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ५५० रुपैयाँ छ ।

यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १९ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।