झण्डै ५ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

झण्डै ५ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।

साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ।

गत मंगलबारदेखि  ओरालो लागेको सुनको भाउ आजपनि घटेको हो ।

मंगलबार प्रतितोला १२ सय रूपैयाँ, बुधबार प्रतितोला १ सय रूपैयाँ, बिहीबार प्रतितोला १८ सय रूपैयाँ र शुक्रबार पनि प्रतितोला १८ रूपैयाँ गरी यो चार दिनमा सुनको मूल्य प्रतितोला ४ हजार ९ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।

बिहीबार प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।