विश्वकपकाे मुखमा क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दसानायके बर्खास्त

विश्वकपकाे मुखमा क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दसानायके बर्खास्त

काठमाडौं ।

क्यानडा क्रिकेट बोर्डले टी-२० विश्वकप सुरु हुन २ साताभन्दा कम समय बाँकी रहँदा मुख्य प्रशिक्षक पुबुदु दसानायकेलाई बर्खास्त गरेको छ ।

श्रीलंका र क्यानडाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी दसनायेके सन् २०२२ को जुलाईमा दोस्रो कार्यकालका लागी क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । त्यसअघि उनले दुई पटक नेपाल र अमेरिकाको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाली सकेका छन् ।

दसानायेकेलाई नवनिर्वाचित क्रिकेट क्यानडाका उपाध्यक्ष गुरदीप क्लेरलले जिम्मेवारी पछि हट्न मौखिक निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आज बस्ने क्याडा क्रिकेट बोर्डको बैठकले उनलाई अधिकारिक रुपमा बर्खास्त गर्ने बताइएको छ ।

बोर्डले नयाँ प्रशिक्षकको नाम भने अहिलेसम्म घोषणा गरेको छैन । क्यानडाले टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकासँग डलासमा खेल्ने तालिका छ ।