सिरोहिया पक्राउबारे प्रचण्डले भने : अदालती प्रक्रिया बुझ्याछु मैले, बढ्ता हल्ला गर्न जरुरी छैन

सिरोहिया पक्राउबारे प्रचण्डले भने : अदालती प्रक्रिया बुझ्याछु मैले, बढ्ता हल्ला गर्न जरुरी छैन

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी नरहेको बताएका छन् ।

काठमाडौंमा आजदेखि सुरु भएको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद’ कार्यक्रम उद्घाटनपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै अदालती प्रक्रियामा भएको कुरामा ‘हो–हल्ला’ गर्न जरुरी नरहेको बताएका हुन् ।

‘यो अदालतले प्रक्रिया अगाडि बढाऊ भनिसकेपछि अदालती प्रक्रिया बुझ्याछु मैले’, ‘प्रधानमन्त्री प्रचण्डले भने, ‘यो बढ्ता हो–हल्ला गर्न जरुरी छैन ।’

त्यसपछि सञ्चारर्मीले ‘सरकारले रिसिबी साध्यो भन्ने आरोप छ नि ?’ भनेर प्रश्न राखेको थिए । उक्त प्रश्नको जवाफमा उनले भने, ‘त्यो गलत कुरा हो । उहाँसँग केके रिसिबी ?’

गृहमन्त्री रवि लामिछाने व्यक्तिगत रुपमै प्रस्तुत भएको आरोप पनि प्रधानमन्त्री प्रचण्डले खण्डन गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो मान्छेले भन्ने कुरा हो । यो अब अदालती प्रक्रियामा उहाँ निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छ, यो हल नै भइहाछ ।’