गृहमन्त्री लामिछानेकाे सम्पत्तिकाे नाममा १ लाख १० हजार नगद,पत्नी निकिताकाे नाममा कति ?

गृहमन्त्री लामिछानेकाे सम्पत्तिकाे नाममा १ लाख १० हजार नगद,पत्नी निकिताकाे नाममा कति ?

काठमाडौं ।

सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणमा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा १ लाख १० हजार रुपैयाँ नगद रहेको उल्लेख गरेका छन्।

उनले आफ्नै नाममा ग्लोबल आईएमई बैंकमा ५ हजार र नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ नगद रहेको आफ्नो विवतरणमा खुलाएका छन्।

१ लाख १० हजार रुपैयाँ बाहेक गृहमन्त्री लामिछानेले आफ्नो पत्निको नाममा भने करोडौँ रुपैयाँ बराबरको सम्पत्ति रहेको विवरण खुलाएका छन्।

निकिता पौडेलसँग सिद्धार्थ बैंकमा ५ हजार, नेपाल बैंक लिमिटेडमा ५ लाख रुपैयाँ, सनराइज बैंकमा १५ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकमा २८ हजार र प्रभु बैंकमा १० हजार ५११ रुपैयाँ नगद रहेको लामिछानेको सम्पत्ति विवतरणमा उल्लेख छ।

गोपीकृष्ण सेन्ट्रल कम्पलेक्समा निकिताकै नाममा ८ लाख ७५ हजार कित्ता अर्थात २५ प्रतिशत सेयर रहेको र यसको बजार मूल्य ८ करोड ७५ लाख रुपैयाँ रहेको उल्लेख छ।

लामिछाने पत्नी निकिताले टाटा नेक्सन इभी चढ्ने र यसको बजार मूल्य ४२ लाख पर्ने विवतरणमा खुलाइएको छ।

यस्तै पौडेलसँग १४ वर्ष अगाडीबाट सुरु गरेको गोपीकृष्ण इन्टरनेसनल नारी टीभीबाट ३ करोड रपैयाँ आम्दानी गरेको र गोपीकृष्ण कामाक्ष्यबाट १ करोड रुपैयाँ आम्दानी गरेको गृहमन्त्री लामिछानेको सम्पत्ति विवतरणमा उल्लेख गरिएको छ।