प्रधानमन्त्री दाहालकाे सम्पत्ति : १५ कट्टा जग्गा, ५ तोला सुन र बैंकमा २५ लाख नगद

प्रधानमन्त्री दाहालकाे सम्पत्ति : १५ कट्टा जग्गा, ५ तोला सुन र बैंकमा २५ लाख नगद

काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवतरण सार्वजनिक गरेको छ।

सरकारले सार्वजनिक गरेको सम्पत्ति विवतरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीको पत्नी स्वर्गीय सिता दाहालको नाममा भरतपुर महानगरपालिकको वडा नम्बर १४ मा १४ कट्ठा जग्गा रहेको उल्लेख गरेका छन्।

उक्त सम्पत्ति पैतृकरुपमा प्राप्त भएको प्रधानमन्त्री दाहालले उल्लेख गरेको सम्पत्ति विवरणमा भनिएको छ।

यस्तै दाहालले चितवनको वडा नं १२ मा सीता दाहालकै नाममा १ कट्ठा जग्गा अंशबाट प्राप्त भएको सम्पत्ति विवतरणमा उल्लेख गरेका छन्। प्रधानमन्त्री दाहालले आफूसँग ५ तोला सुन रहेको उल्लेख गरेका छन्। उक्त सुनको स्रोत पनि पैतृक रहेको उल्लेख गरिएको छ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा सदस्यको रुपमा आयआर्जन गरेको २५ लाख नगद एभरेष्टमा बैंक रहेको उल्लेख गरेका छन्।