कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं ।

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको नागरिकता नम्बरमा रहेको रेकर्ड अर्कै व्यक्तिको रहेको पाइएपछि गत वैशाख तेस्रो साता जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो ।

तर सिरोहियाले त्यसबेला नै उक्त उजुरीको खण्डन गरेर आवश्यक भए अनुसन्धान गर्न चुनौती दिएका थिए । उक्त उजुरीबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको थियो। उक्त अनुसन्धान अघि बढेसँगै प्रहरीले सिरोहियालाई पक्राउका लागि जिल्ला अदालतबाट मंगलबार अनुमति लिएको हो ।