आज पनि सुनको भाउले तोड्यो रेकर्ड, १ लाख ४१ हजार नाघ्यो

आज पनि सुनको भाउले तोड्यो रेकर्ड, १ लाख ४१ हजार नाघ्यो

काठमाडौं ।

सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ ।

आइतबारको तुलनामा सोमबार प्रतितोला ९ सय रुपैयाँले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेर त्यसअघिका सबै रेकर्ड तोडेको थियो ।

आज सोमबार फेरि तोलामा १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको छ ।

सुन मात्रै नभई चाँदीले पनि दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको चाँदी आज १ हजार ९४० रुपैयाँ कायम भएको छ ।