काठमाडौँ ।
११ बजेका लागि बाेलाइएकाे प्रतिनिधिसभाको बैठक २ बजेका लागि सारिएको छ । दलहरूबीच सहमति हुन नसक्दा बैठक २ बजेका लागि सारिएको हो ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग्न नसकेपछि संसद्को बैठक प्रभावित भएको छ । बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ ।
शनिबार ४ प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल छन् । अहिले कार्यदलको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेता ज्ञानेन्द्र कार्की पनि मिसिएका छन् ।
अहिले कार्यदलमा छानबिनको दायराबारे विवाद छ । रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिँदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुन नसक्ने बताउँदै आएको छ ।
त्यस्तै नेपाली कांग्रेसले भने सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकाले उनीमाथि पनि छानबिन हुनुपर्ने बताउँदै आएको छ ।
Comment