पूर्व-पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना,३२ जना घाइते

पूर्व-पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना,३२ जना घाइते

रौतहट ।

रौतहटको चन्द्रपुर–२ स्थित पूर्व-पश्चिम राजमार्गको लच्का नजिकै शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् ।

घाइते सबै खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा बसका चालक समेत घाइते छन् ।