सुन चाँदीको भाउमा फेरि नयाँ रेकर्ड

सुन चाँदीको भाउमा फेरि नयाँ रेकर्ड

काठमाडौं ।

सुन र चाँदीको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ ।

बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ कायम भएको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ १६ सयले बढेसँगै सुनको भाउ हालसम्मकै उच्च हो ।

वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँकायम भएको थियो ।

यस्तै चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।