लिटरमा ७ रुपैयाँले घट्यो पेट्रोलको भाउ

लिटरमा ७ रुपैयाँले घट्यो पेट्रोलको भाउ

काठमाडौं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

उक्त मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।