उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

काठमाडौँ ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाइएकाे राजीनामा पत्रमा उनले भनेका छन्, ‘करिब २ महिनादेखि म उपप्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु ।’

यादवसँगै वन राज्यमन्त्री दीपक कार्कीले पनि पदबाट राजीनामा दिएका छन्।

जसपा नेपालको नेतृत्वमा रहेको मधेस सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएसँगै उपेन्द्र यादवले केन्द्रमा सरकार छोडेका हुन् । यसअघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले पनि उनलाई सरकार छाड्ने निर्देशन दिएका थिए ।

आजै बस्ने जसपा नेपालकाे कार्यकारिणी समिति बैठकले सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिने निर्णय गर्ने बताइएकाे छ ।