बुधबार राति पक्राउ परेका गायक राजेश पायल राई छुटे

बुधबार राति पक्राउ परेका गायक राजेश पायल राई छुटे

काठमाडौं ।

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई बुधबार राति पक्राउ परेका गायक राजेश पायल राईलाई प्रहरीले छाडेको छ । राईलाई बिहीबार छाडिएको हो ।

प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोलीले राईसहित ८ जनालाई छाडिएको बताए ।

राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका आठै जनालाई सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।