गायक राजेश पायल राई पक्राउ

गायक राजेश पायल राई पक्राउ

काठमाडौँ ।

गायक राजेशपायल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनलाई बिहान २ बजे मदन भण्डारी कलेज नजिकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

मदिरा सेवन गरी होहल्ला गरेकाले उनीसहित अन्य केही कलाकारलाई पनि नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए।

उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।

उनलाई छाड्नेबारे छलफल भइरहेको एसपी अधिकारीले बताए।