जीडब्लूएमकाे नव वर्ष २०८१ योजना : ५ देखी १० लाख सम्मको फाइदा

जीडब्लूएमकाे नव वर्ष २०८१ योजना : ५ देखी १० लाख सम्मको फाइदा

काठमाडौँ।

जीडब्लूएमको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले आकर्षक ‘सानदार नव वर्ष २०८१’ योजना सार्वजनिक गरेको छ ।

यो योजना नेपाली नयाँ वर्ष स्वागत गर्न जीडब्लूएमका लोकप्रिय मोडेलहरु हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा अफरहरु प्रवर्द्धन गरिएको कम्पनीले जनाएको छ ।

अफर मार्फत ग्राहकहरूले ओरा ०३ ईभी मा भारि नगद छुट, फ्री एसेसरीज, एक वर्ष सम्मको व्यापक बीमा र फास्ट चार्जर सहित रु ५ लाखसम्मको फाइदा पाउनेछन । हाभलका एच् सिक्स र जोलायनमा ८.५ लाख सम्मको फाइदा सहित नगद छुट, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै पावरमा १० लाख सम्मको फाइदा सहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् ।

यी सुविधाहरू मार्फत अटोमोटिभ उत्साहीहरुले उत्कृष्ट ड्राइभिङ अनुभवका साथ यो नयाँ वर्ष अविष्मरणीय बनाउन सक्ने कम्पनीको भनाइ छ ।