काठमाडौंमा हर्क साम्पाङकाे एकल प्रदर्शन

काठमाडौंमा हर्क साम्पाङकाे एकल प्रदर्शन

काठमाडाैं ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंमा एकल प्रदर्शन गरेका छन्।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था माग गर्दै साम्पाङले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका हुन्।

उनले २०८४ अघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गरेका हुन्।

‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर,’ उनले बोकेको पम्पलेटमा लेखिएको छ।

उनी केही दिनदेखि काठमाडौंमा छन्। उनले काठमाडौंको कुन ठाउँमा प्रदर्शन गरेका हुन् खुलाएका छैनन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन लगायतसँग भेटेका छन्।

प्रधानमन्त्री प्रचण्डलाई उनले सोमबार बिहान बालुवाटार पुगेर भेटेका हुन्। भेटमा खानेपानी, एयरपोर्ट, राजमार्ग, ल्याण्डफिल साइट र उद्योग लगायतका माग राखेका थिए।