घरमै सूर्यबहादुरका श्रीमान-श्रीमती मृत फेला

घरमै सूर्यबहादुरका श्रीमान-श्रीमती मृत फेला

पर्वत ।

पर्वतमा श्रीमान-श्रीमती मृत फेला परेका छन्।

जलजला गाउँपालिका वडा नम्बर २ स्थित एक घरमा श्रीमान् र श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खुमलाल भुसालले जानकारी दिए।

मृतक ६९ सूर्यबहादुर घर्ती र उनकी ६७ श्रीमती गमला घर्ती छन्। उनीहरूको हत्या भएको आशंका गरिएको छ।

मंगलबार बिहान पौने ११ बजेतिर प्रहरीलाई खबर भएको थियो। खबर भएपछि डिएसपी भुसालसहितको टोली घटनास्थलतर्फ जाँदैछन्।

 

वडा नम्बर २ का वडाध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले प्रहरीलाई खबर गरेका थिए।