एकै दिन सहकारीको मुख्य कार्यालय र शाखा बाट १३ लाख चोरी

एकै दिन सहकारीको मुख्य कार्यालय र शाखा बाट १३ लाख चोरी

लेटाङ ।

मोरङको लेटाङ नगरपालिका—२ मा रहेको एकिकृत जनभावना वचत तथा ऋण सहकारीको मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा एकैपटक चोरीभएपछि सेयर सदस्यहरुले गम्भिर आपत्ति जनाएका छन् ।

एकैपटक मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा आर्चश्यजनक तरिकाले चोरी भएको महिनौं बितिसक्दा पनि छानवीन नभएको भन्दै सेयर सदस्यहरुले गम्भिर आपत्ति जनाएका हुन् । सेयर सदस्य तथा स्थानिय संघ संस्थाले गम्भिर ध्यानाकर्षण भएको भन्दै सत्यतत्य छानबिनका लागि सहकारीको सन्चालक समितिलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

गत फागुन १५ गते सहकारीको करिब १३ लाख चोरी भएको थियो । ‘एकिकृत जनभावना सहकारी मोरङको दोस्रो ठुलो सहकारी हुनु आफैमा गौरवको कुरा हो, ज्ञापन पत्रमा भनिएको छ, सहकारी ऐन र मुल्य र मान्यतामा सहकारी नचल्नुमा हाम्रो आपत्ति छ ।

ठकुरी समाज महासंघका अध्यक्ष तथा सेयर सदस्य महेन्द्र ठकुरीले घटनालाई सञ्चालक समितिले मिलेमतो र राजनितिक आडमा सामसुम पार्ने खेल गरिरहेको बताए । उनले सत्यतथ्य घटना बाहिर नल्याए दुर्घटनाको स्थिति निम्तिने उल्लेख गरे ।

सेयर सदस्यहरुले घटनाबारे सोधखोज गरे सन्चालक समिति गैह्र जिम्मेवारीपन देखाउदैं, सिसिटिभि फुटेज गायव पारिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।