कोटिभिटीविरुद्ध १० अर्ब ३६ करोडकाे भ्रष्टाचार मुद्दा

कोटिभिटीविरुद्ध १० अर्ब ३६ करोडकाे भ्रष्टाचार मुद्दा

काठमाडाैं ।

अमेरिकन कम्पनी(कोटिभिटी इंक) तथा उसको सब्सिडरी कम्पनी (कोटिभिटी नेपाल प्रालि)विरुद्ध १० अर्ब ३६ करोड राजस्व छलीको मुद्दा दायर भएकाे छ ।

राजस्व अनुसन्धान विभागले १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ मागदाबीसहित आइतबार उच्च अदालत पाटनमा अभियोग पत्र दायर गरेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

कोटिभिटी इंक (होल्डिङ कम्पनी) को सहायक कम्पनी कोटिभिटी नेपाल प्रालिले ५ अर्बभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) छलेको विभागले गरेको अनुसन्धानबाट खुलेको छ ।

नेपाललाई ‘वर्किङ स्टेसन’ बनाएर भ्याट छली, कोटिभिटीविरुद्ध ५ अर्बको मुद्दा दायर गर्दै विभाग