पशुपतिमा बुबाको दाहसंस्कार गरेर फर्किदै गरेको ट्यक्सी त्रिशूलीमा खस्यो, ५ जनाको मृत्यु

पशुपतिमा बुबाको दाहसंस्कार गरेर फर्किदै गरेको ट्यक्सी त्रिशूलीमा खस्यो, ५ जनाको मृत्यु

काठमाडौँ

काठमाडौँबाट गोरखातर्फ जादै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन । आज बिहान ७: १५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको खटी उद्धार कार्य भइरहेको छ ।

ट्याक्सीमा ५ जना सवार रहेको र उनीहरु पशुपतिमा बुवाको दाह संस्कार सकेर गोर्खा फर्किंदै गर्दा दुर्घटना परेको बताईएको छ ।

थप जानकारी आउन बाकी रहेको छ ।