महाभारतका कृष्णलाई श्रीमतीले ‘विक्की डोनर’ मात्र बनाएकाे आराेप

महाभारतका कृष्णलाई श्रीमतीले ‘विक्की डोनर’ मात्र बनाएकाे आराेप

नयाँ दिल्ली ।

सानो पर्दाको टेलिशृङ्खला महाभारतका कृष्णको घरमा यतिबेला महाभारत चलिरहेको छ । पहिलो बिहे असफल भएपछि टिभीका ‘श्री कृष्ण’ अर्थात् नितिश भारद्वाजले आइएएस स्मितासँग दोस्रो बिहे गरेका थिए ।

स्मितासँग उनको दुई छोरी छन् । सन् २०१२ मा भारद्वाज दम्पतीको जुम्ल्याहा छोरीहरू जन्मिएका थिइन् । तर समय बित्दै जाँदा दोस्रो पत्नीसँगको उनको सम्बन्ध बिग्रन थाल्यो । यो मामिला अदालतमै पुग्यो अनि सम्बन्ध विच्छेदसम्म भयो ।

यतिबेला नितिश छोरीहरूको कस्टडीका लागि कानुनी लडाइँ लडिरहेका छन् । हालै नितिशले आफ्नी श्रीमतीमाथि भडास पोखेका थिए । उनले आफू नामको मात्रै पति भएको र वर्षौदेखि मानसिक यातना मात्रै भोगिरहेको बताएका थिए । पत्नीले आफूलाई ‘विक्की डोनर’ मात्रै बनाएको अनि आफू र पत्निबीच १३ वर्षदेखि कुनै शारीरिक सम्बन्ध नभएको उनको भनाइ थियो । श्रीमती निलम्बन हुँदा उनको जागिर फिर्ता गराउन आफूले धेरै पापड बेलेको भन्ने प्रमाणहरू पनि उनले देखाएका थिए । उसको जागिर छुटाउन परेको भए आफूले यी सबै किन गर्थे भन्ने प्रश्न उनले गरेका छन् ।

सरकारी जागिर खाँदा खाँदा थाकेको र राम्रो पारिवारिक जीवन बिताउन चाहेको श्रीमती आफैले बताएको उनको भनाइ थियो । नितीशका अनुसार सन् २०१६ सम्ममा ७औं तलब आयोग लागू भएपछि आफूले राजीनामा दिने उनले बताएकी थिइन् । श्रीमतिले जागिर छाडेपछि मानसिक सुरक्षाका लागि घर आफ्नो नाममा गर्न भनेपछि दुबैले मिलेर किनेको घर नितिशले स्मिता एक्लैको नाममा गरिदिए । स्मिता नीतिशको दोस्रो पत्नी थिइन् भने नीतिश स्मिताको तेस्रो पति थिए । स्मिताले आफू र बच्चाहरूसँग सम्बन्ध प्रगाढ बनाउनै नदिएको आरोप पनि नीतिशले लगाएका छन् ।