हिजो रेकर्ड राखेको सुनको भाउ आज १३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

हिजो रेकर्ड राखेको सुनको भाउ आज १३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।

नेपाली बजारमा बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबार भने घटेको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १ हजार ३०० ले घटेको हो ।

हिजो १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार एकैदिन २ हजार ६ सयले बढेको थियो ।
आज तेजावी सुन १ लाख २५ हजार ९ सय कायम भएको छ ।

यस्तै बिहीबार चाँदीको भाउ भने तोलामा ५५ रुपैयाँले घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ५५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ५ सयमा कारोबार भइरहेको छ ।