३ स्थानका प्रहरीका पेट्रोल पम्प २४ सै घण्टा खुला

३ स्थानका प्रहरीका पेट्रोल पम्प २४ सै घण्टा खुला

काठमाडौं ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका केही पेट्रोल पम्प २४ सै घण्टा खुला हुन थालेका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा ७ चैतदेखि प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्प खुला हुन थालेका हुन् ।

तत्कालका लागि नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन भइरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको छ ।