सिआइबीले बसन्त चौधरी र विनोद चौधरीसँग लियाे बयान

सिआइबीले बसन्त चौधरी र विनोद चौधरीसँग लियाे बयान

काठमाडौं ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा व्यवसायी बसन्त चौधरीसँग पनि बयान लिएको छ।

सिआइबीले चौधरीसँग बुधबार नै बयान लिइएको सिआइबीले जनाएकाे छ।

बसन्त चौधरीसँगको बयानपछि आज बिहान सिआइबीले कांग्रेस सांसदसमेत रहेका विनोद चौधरीसँग बयान लिएको छ।

उनी बिहान ७ बजे बयानका लागि सिआइबी कार्यालय पुगेका थिए।

यसअघि माघ १८ गते बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा अरूण चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो।

बाँसबारी जग्गा प्रकरणमा तीन महिना अनुसन्धान गरेपछि सिआइबीले त्यहाँको १० रोपनी जग्गा हडपेको भन्दै अरूण चौधरीसहित च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि)बाँसबारीका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो।

कारखानालाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्‍गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाइएको थियो।

उनीहरूले १० रोपनी मात्रै नभएर त्यहाँ रहेको १८ रोपनी जग्गा नै हडप्न खोजेको सिआइबीले बताएको थियो।

ब्युरोले विनोद चौधरीसँग दुई घण्टा बयान लिएको छ ।

विनोद पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद हुन् ।