बेतकुइयाँमा कक्षा १० का छात्रालाई साइकल

बेतकुइयाँमा कक्षा १० का छात्रालाई साइकल

लुम्बिनी ।

कृषक आदर्श माध्यमिक विद्यालय, बेतकुइयाँमा अध्ययनरत कक्षा १० का छात्राहरूलाई साइकल वितरण गरिएको छ ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिका-७ ले छात्रा प्रोत्साहन कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो ।

सो विद्यालयमा अध्ययनरत सम्मरीमाई गाउँपालिकाभरिका ५९ जना छात्रालाई साइकल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक उमाकान्त अर्यालले जानकारी दिए ।

मंगलबार एक समारोहका बीच साइकल वितरण गर्दै वडाध्यक्ष राधेश्याम कुर्मीले एसइई परीक्षा दिन लागेका छात्राहरूलाई प्रोत्साहन गर्ने भन्दै भोलिका दिनमा उच्च शिक्षाका लागि आउजाउ गर्न मद्दत पुग्ने बताए ।

अध्यक्ष कुर्मीले विद्यालयमा प्राविधिक शिक्षालय स्थापनाका लागि पहल सुरु भएको भन्दै त्यसले पनि किशोरी शिक्षाका लागि नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

उनले विशेष गरी मधेसी समुदायका किशोरीहरू साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त्य गर्ने बताए ।