भारत भाग्न लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

भारत भाग्न लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

लुम्बिनी ।

माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलबस्तुको पकडी चोकबाट उनलाइ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । महरालाई भैरहवा विमानस्थलबाट यति एयरलाइन्सको जहाजमा काठमाडौं लगिएको छ ।

भारततर्फ भाग्ने योजनामा रहेको महरालाइ प्रहरीले लुम्बिनीबाट पछ्याउदै जादा कपिलबस्तुको मायादेबी गाउपालिका वडा नं. १ पकडी चोकमा घेराहाली पक्राउ गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार प्रहरीले पछ्याउदै गरेको चालपएका उनी नेपाल-भारतको अलिगढवा सिमानाका जाने बाटोतर्फ मोडिएपछि पक्राउ परेका हुन ।

उनी ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरेको हो ।

उप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरुलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

उनले गृह सचिवसहित प्रहरी उच्च अधिकृतलाई पनि अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले पक्राउ गरेको हो ।