बाेलेरो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्याे, ८ जना घाइते

बाेलेरो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्याे, ८ जना घाइते

उदयपुर ।

धरानबाट घोरेटार आउँदै गरेको बाेलेरो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।

मृत्यु हुनेमा सवारी चालक मानबहादुर बस्नेत रहेका छन् ।

धरानबाट भोजपुर आउँदै गरेको बाेलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो । दुर्घटनामा ६–७ महिनाको बच्चासहित ३ जना महिला र २ जना पुरुषको मृत्यु भएको थियाे ।

उनीहरूको सनाखत भने हुन सकेको छैन । प्रहरीले अन्य ८ जना घाइतेको उद्धार गरी उपचारका लागि पठाएको जनाएको छ । घटनास्थलमा प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ ।

बाेलेरोमा १४ जना सवार थिए । स्थानीयका अनुसार गाडी सडकबाट करिब ८०० मिटर तल भिरमा खसेको छ ।