भोजपुर जाँदै गरेकाे जिप भीरबाट खस्याे, ६ जनाको मृत्यु

भोजपुर जाँदै गरेकाे जिप भीरबाट खस्याे, ६ जनाको मृत्यु

भोजपुर ।

धरानबाट घोरेटार आउँदै गरेको बाेलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

धरानबाट भोजपुर आउँदै गरेको बाेलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो ।

बाेलेरोमा १४ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको खवर आएलगलगत्तै स्थानीयहरुसँग समन्वय गरी प्रहरीले उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले बताए ।

मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन ।

घटनास्थलमा उद्धारको कार्यभइरहेको र एम्बुलेन्स पनि पुगिसकेको पाठकले बताए । स्थानीयका अनुसार गाडी सडकबाट करिब ८०० मिटर तल भिरमा खसेको छ ।