देशमा विश्वासको खडेरी छ तर प्रधानमन्त्रीले वर्षमै ३ पटक पाउनुहुन्छ : महामन्त्री शर्मा

देशमा विश्वासको खडेरी छ तर प्रधानमन्त्रीले वर्षमै ३ पटक पाउनुहुन्छ : महामन्त्री शर्मा

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबारे फिँजाइएको झुठको अन्त्य गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे सम्बोधन गर्दै उनले केही दिनअघिसम्म देशमा केही भएको छैन र अब फेरि राम्रै छ भन्ने राजनीतिक दल र नेताबाट कांग्रेसबारे फिँजाइएको झुठको अब अन्त्य गर्नुपर्ने बताए ।

निर्वाचनका बेला जनतासँग गरेको बाचा विर्सिएर प्रधानमन्त्री प्रचण्डले आज केका लागि विश्वासको मत मागेको भन्दै उनले प्रश्न गरे ।

पुरानो गठबन्धन ताडेर नयाँ बनाउँदा जनतासँग गरेको बाचा प्रधानमन्त्री प्रचण्डले भुलेको उनको भनाइ छ ।

शर्माले देशमा विश्वासको खडेरी परेको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले भने, ‘गजबचाहिँ के छ भने वर्षमा तीन पटक उहाँ विश्वास पाउनुहुन्छ। अचम्मसँग विश्वास पनि प्राप्त गर्नुहुन्छ। जबकी यो देशमा सबैभन्दा खडेरी यही विश्वासको परेको छ, म अचम्मित भएर आफ्ना अभिव्यक्ति राख्न चाहन्छु।’

कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णयसमेत गरिसकेको छ।