काठमाडौँमा हात बाँधेर गाडेको अवस्थामा १८ वर्षीय किशोरीको शव फेला

काठमाडौँमा हात बाँधेर गाडेको अवस्थामा १८ वर्षीय किशोरीको शव फेला

काठमाडौँ ।

काठमाडौँको तारे भिरमा हत्या गरेर गाडेकाे अवस्थामा एक किशोरीको शव भेटिएको छ ।

तारेभिर क्षेत्रको जंगलबाट १८ वर्षीय सुस्मा लामाको शव उत्खनन् गरिएको हाे ।

१२ कक्षामा अध्ययनरत लामाकाे हात बाँधेर गाडेको अवस्थामा शव उत्खनन् गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।

माघ २२ गते ‘क्याम्पस जान्छु’ भनेर घरबाट हिँडेकी उनी नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए । फागुन २५ मा गोकर्णेश्वर नगरपालिका–३ स्थित तारे भिरबाट उनकाे शव उत्खनन् गरिएको एसपी नवराज अधिकारीले बताए