२ दिन सम्म स्थिर रहेको सुनको भाउ आज १ हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?

२ दिन सम्म स्थिर रहेको सुनको भाउ आज १ हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।

२ दिन सम्म स्थिर रहेको सुनको भाउ आज एकैदिन ह्वात्तै घटेको छ ।

आइतबार नयाँ रेकर्ड राख्दै १ लाख २६ हजार पुगेको सुनको भाउ, सोमबार र मंगलबार स्थिर रहेको थियो । आज बुधबार भने सुनको भाउ तोलामा १ हजारले घटेको छ ।

आज सुन १ लाख २५ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख २४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ २० रुपैयाँले घटेको छ । हिजो १४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।