कलेज बसले ठक्कर दिंदा बृद्धको मृत्यु

कलेज बसले ठक्कर दिंदा बृद्धको मृत्यु

मोरङ ।

रंगेली बसपार्कमा दुर्घटनामा परेका ७२ वर्षीय अर्जुन देव भट्टराईको मृत्यु भएको छ। रंगेली ३ घर भएका भट्टराई मंगलबार बेलुका दुर्घटनामा परेका हुन्।

बिराटनगरको मेरिल्याण्ड कलेजको को १ क १५२९ नं.को बसले साइकलमा सवार भट्टराईलाई ठक्कर दिएको थियो। दुर्घटना परि बिराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका भट्टराईको गएराति ४ बजे निधन भएको हो।

बसका चालक रतुवामाई ५ सिजुवा बस्ने ४५ वर्षीय सुर्य बहादुर ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ।