वडा कार्यालयमा जन्ती सुतेपछी बिदा

वडा कार्यालयमा जन्ती सुतेपछी बिदा

जनकपुरधाम

जन्ती राख्नको लागि वडा कार्यालय प्रयोग गरेपछि जनकपुरधाम उपमहानगरपालिका-२५ मा मंगलबार बिदा दिइएको छ ।

एक स्थानीयको बिवाहमा आएका जन्ती सोमबार राति वडा कार्यालयमा बास बसेका थिए ।

कार्यालय सहयोगीको घरमा विवाह परेको र वडासचिव मदन महतो बिरामी भएकाले वडा कार्यालय बन्द रहेको वडा नं. २५ का वडाध्यक्ष चन्देश्वर साहले साहले बताए ।

वडा कार्यालयको सभाहलमा जन्ती राखिएको भन्दै उनले यही कारणले कार्यालय खोल्न अवरोध नभएको तर वडासचिव र कार्यालय सहयोगी नआउने भएपछि बन्द रहेको बताए ।

वडा कार्यायल जन्ती राख्नको लागि बन्द गरेको भन्दै वडाबासीले विरोध जनाएका छन् ।