आइतबार रेकर्ड तोडेको सुनको भाउ २ दिन देखि स्थिर, कतिमा हुँदैछ कारोबार ?

आइतबार रेकर्ड तोडेको सुनको भाउ २ दिन देखि स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।

मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य सोमबार र मंगलबार स्थिर रहेको हो।

आइतबार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ।

सोमबार प्रतितोला १४ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १४ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।