ओस्कर स्टेजमा निर्वस्त्र पुगे जोन सीना, नग्न अवस्थामै अवार्ड प्रस्तुत

ओस्कर स्टेजमा निर्वस्त्र पुगे जोन सीना, नग्न अवस्थामै अवार्ड प्रस्तुत

लस एञ्जलस ।

यति बेला ओस्करमा सबैभन्दा धेरै अवार्ड जित्ने फिल्म ओपनहेइमरको भन्दा बढी चर्चा रेस्लर एवम् हलिउड अभिनेता जोन सीनाको भइरहेको छ । ओस्कर समारोहमा उनको एउटा हर्कतले सारा संसारको ध्यान उनीतिर गएको हो ।

‘पहिरन निकै महत्त्वपूर्ण हुन्छ’ मञ्चमा अर्धनग्न उभिएका जोन सिनाले यत्ति बोलेपछि अस्कर अवार्डमा उपस्थित फिल्मकर्मी गलल हाँस्न थाल्छन् । त्यसपछि फेरि सिनाले पहिरणकै महत्त्वबारे अर्को वाक्य थप्छन्,’यदि कुनै कुरा महत्त्वपूर्ण हुन्छ भने त्यो पहिरण नै हो’ ।

हुन् त पुरस्कार समारोहका कारण मात्रै नभएर अन्य विविध कारणले पनि वर्षेनी ओस्कर चर्चामा रहने गरेको छ । यस पटकको समारोहमा अभिनेता जोन सीना निर्वस्त्र स्टेजमा गएका थिए ।

जोन सिना उनको सेन्स अफ ह्युमरका लागि चिर्चित छन् । अवार्ड समारोहमा उनी यस्तै मुडमा देखिए । सर्वश्रेष्ठ पोशाक डिजाइनमा मानोनित फिल्महरुको नाम घोषणा गर्न उनी स्टेजमा नाङ्गै पुगे । उनको यो पारा देखेर दर्शक मात्रै होइन त्यहाँ उपस्थित ठूल्ठूला स्टारसमेत अक्क न बक्क परे । स्टेजमा ठूलो खामले आफ्नो गोप्य अंग छोपेर जोन सिना अप्ठ्यारो मान्दै आएका थिए ।

खामले गाेप्य अंग छोपेकोले खाम खोलेर उनी मनोनयनमा परेको नामहरु घोषित गर्न सक्दैनथे । यसै क्रममा उनी होष्ट जिमी किमेलसँग ठट्टा गरिरहेको देखिन्थे । उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । ‘पुअर थिङ्स’ले सर्वोत्कृष्ट पोशाक डिजाइनको अवार्ड जितेको थियो । कपाल र मेकअप, उत्पादन डिजाइन र वेशभूषाका लागि लगातार दुई ओटा अवार्ड जितेर यो फिल्म उक्त रात ओस्क।मा पहिलो मल्टिपल ओस्कार विजेता बन्यो । यस फिल्मले उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको पुरस्कार पनि हात पारेको थियो ।