भगवती प्लाई उद्योगमा बिहान ५ बजे बाट आगलागी, एक दर्जन दमकलले पनि नियन्त्रणमा लिन सकेन

भगवती प्लाई उद्योगमा बिहान ५ बजे बाट आगलागी, एक दर्जन दमकलले पनि नियन्त्रणमा लिन सकेन

झापा ।

झापाको प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

मेचीनगर नगरपालिका वडा नम्बर १५ ज्यामिरगढीस्थित भगवती प्लाइउड उद्योगमा सोमबार बिहान ५ बजे अघिबाट सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको हो।

८ घण्टा बढी भइसक्दा पनि आगलागी नियन्त्रणमा लिन सकिएको छैन।

झापाका सबै नगरपालिका, मोरङ, इलाममा रहेका एक दर्जन बढी दमकलहरू ल्याएर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको हो। त्यतिबाट पनि नपुगेपछि भारतको नक्सलबारीबाट पनि दमकल झिकाइएको छ।

आगलागी नियन्त्रणमा लिन स्थानीय, प्रहरी लगायत परिचालन छन्।

झापाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बाँस्तोलाका अनुसार उद्योगको कच्चा पदार्थ राखिएको खण्ड जलेर ध्वस्त भएको छ। जस्ताले घेरिएको र सुकेका काठका गोलिया भएकाले आगो नियन्त्रणा लिन गाह्रो भएको उनले बताए।

४ देखि ५ बिघामा फैलिएको उद्योग झापाकै ठूलो उद्योगमध्येको एक हो। यहाँ १ हजार ४ सय मजदुर काम गर्छन्।

आगलागीका कारण मानवीय क्षति भएको छैन। भौतिक क्षति आगो नियन्त्रणमा आएपछि संकलन गरिने प्रजिअ बाँस्तोलाले जानकारी दिए।

भगवती नेपालकै ठूलो दाबी गरिएको प्लाइउड उद्योग हो ।