इलाम-२ मा उम्मेदवार बन्न सुहाङ नेम्वाङले दिए निवेदन

इलाम-२ मा उम्मेदवार बन्न सुहाङ नेम्वाङले दिए निवेदन

इलाम ।

इलाम क्षेत्र २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनाउन आग्रहसहित सुहाङ नेम्वाङले पार्टी कमिटीमा निवेदन दिएका छन् । पार्टीको इलाम जिल्ला कमिटीमा नेम्वाङले निवेदन दिएका हुन् ।

आगाी चैत ५ गतेभित्र उम्मेदवार सिफारिस गर्न जिल्ला कमिटीले यसअघि नै कार्यदल गठन गरेको थियो । उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम छन् ।

कार्यदलले चैत ३ गतेसम्म उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ । उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले फागुन २७ (आज)सम्म आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा इच्छा जाहेर गर्ने पार्टीले समय दिएको थियो ।

एमाले नेता नेता सुवास नेम्वाङको निधन भएकोले यहाँ उपनिर्वाचन हुन लागेको हो । सुहाङ स्वर्गीय सुवास नेम्वाङका छोरा समेत हुन् ।